
विष्णु पौडेलले गराए एमालेको उपाध्यक्षमा उम्मेदवारी दर्ता
काठमाडौँ – नेकपा एमाले नेता विष्णु पौडेलले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा पनि उपाध्यक्ष नै रहेका पौडेलले सोही पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
उपाध्यक्षका लागि सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र घनश्याम भुसालको उम्मेदवारी परेको छ । ओलीले पदाधिकारीको सूचीमा नराखे पनि भुसालले उम्मेदवारी दर्ता गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) सौराहामा जारी १०औं राष्ट्रिय महाधिवेशन अन्तर्गत सोमवार बिहान ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरू भएको छ ।
पछिल्लो कार्यतालिका अनुसार बिहान ८ बजेदेखि ९ः२० बजेसम्म उम्मेदवारलाई दरखास्त फारम वितरण गरिनेछ । बिहान ८ बजेदेखि बिहान ९ः३० बजेसम्म उम्मेदवारी दर्ता गरिने छ ।



कागजपत्र |
