महाधिवेशनमा जाँदा विरामी भएका नेता भीम आचार्य अस्पताल भर्ना


काठमाडौं – नेकपा (एमाले) महाधिवेशनमा भाग लिन पुगेका नेता भीम आचार्य कोरोना सङ्क्रमणबाट बिरामी भएपछि भरतपुर अस्पताल लगिएको छ । केही दिनअघि सङ्क्रमण पुष्टि भएपछि आचार्य सौराहास्थित सेभन स्टार होटलमा आइसोलेसनमा बसेका थिए ।

आइसोलेसन स्थलमा नेता आचार्य चिकित्सकहरुको निगरानीमा थिए । तर, स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई एम्बुलेन्समा राखेर भरतपुर अस्पताल लगिएको हो । आचार्यलाई ज्वरो लगायतका लक्षणहरु देखिएका छन् ।

प्रतिक्रिया