मतपत्रमा संकेत गरेको भेटिएको भन्दै कांग्रेसको जिल्ला सभापतिको मतदान रोकियो


गुल्मी – नेपाली कांग्रेसको गुल्मी जिल्ला सभापतिका लागि भएको मतदान रोकिएको छ । एक स्थानीय तहको मतदान चलिरहेका बेला केही मतपत्रमा संकेत गरेको भेटिएको भन्दै विवाद भएपछि मतदान स्थगित गरिएको हो ।

शुक्रबार सुरु भएको अधिवेशनमा सभापतिका लागि खिलध्वज पन्थी र बेदबहादुर थापा मगर उम्मेदवार छन् । जिल्ला सभापतिको उम्मेदवारमा आकांक्षीको रुपमा उभिएका पन्थी पौडेल पक्ष र थापा देउवा पक्षधर नेता हुन् ।

रोकिएको मतदान सुरु गर्ने विषयमा छलफल गर्न उम्मेदवारसहितको बैठक शुक्रबार साढे ४ बजे बोलाइएको कांग्रेसको जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले बताए । सभापति चयनका लागि शनिबार बिहान मतदान सुरु भएको थियो ।

 

प्रतिक्रिया