पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना पुष्टि, ३१५ जना संक्रमणमुक्त


काठमाडौं – पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६ हजार ६३२ नमुना परीक्षण गरिएकोमा सो संख्यामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा ३१५ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ११ हजार ५२१ पुगेको छ । हाल नेपालमा संक्रिय संक्रमितको संख्या ७ हजार १५६ पुगेको छ ।

प्रतिक्रिया