

साताको दुई दिन सार्वजनिक बिदा !

काठमाडौं – सरकारलाई सातामा दुई दिन सार्वजनिक बिदा दिनका लागि सिफारिस आएको छ ।
दुईदिन सार्वजनिक बिदा दिने सम्बन्धमा गठन गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको समितिले सरकारलाई उक्त सिफारिस गरेको हो ।
उक्त समितिले सरकारी निकायका साथै निजी क्षेत्रलाई पनि सातामा दुईदिन बिदा दिनका लागि प्रोत्साहन गर्न सिफारिस गरेको छ ।
मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई, पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनन्जय रेग्मी, गृह मन्त्रालयका उपसचिव बासुदेव घिमिरे, अर्थमन्त्रालयका प्रतिनिधि र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव कविन्द्र नेपाल सहभागी भएको अध्ययन समितिले सरकारलाई यस्तो सिफारिस गरेको जनाइएको छ ।

