
नेपाली कांग्रेस बाँके क्षेत्र नं. १ सभापतिमा पोषण केसी विजयी
बाँके – नेपाल पत्रकार महासंघका पूर्वमहासचिव पोषण केसी बाँके क्षेत्र नं. १ को सभापतिमा निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनका अवसरमा शुक्रबार सम्पन्न मतदानमा केसी विजयी भएका हुन् ।
संस्थापन इतरका पोषण केसीले संस्थापनका माधवराम खत्रीलाई ४७ मत अन्तरले पराजित गरेका हुन् ।
खत्रीले यसअघि दुई कार्यकाल क्षेत्र नं. १ को सभापतिको कार्यभार सम्हालिसकेका छन्। सभापतिमा निर्वाचित केसी नेपाल पत्रकार महासंघका पूर्वमहासचिव हुन्।
कुल खसेको ६ सय एक मतमध्ये केसीले तीन १६ र खत्रीले दुई ६९ मत पाएका छन् । अन्य पदमा मिश्रित परिणाम आएको छ । सचिवमा केसी प्यानलका खुमबहादुर बस्नेत र खत्री प्यानलका जयश्वर पौडेल विजयी भएका छन् ।
त्यसैगरी, सहसचिवमा खत्री प्यानलका दीपेन्द्र उप्रेती र केसी प्यानलका रामबहादुर रावत निर्वाचित भएका छन् ।



कागजपत्र |
