खुल्दै भिजिबिलिटी कम हुँदा रोकिएका आन्तरिक उडान


काठमाडाैं – तुवाँलो र हुस्सुका कारण भिजिबिलिटी कम हुँदा रोकिएका आन्तरिक उडान खुल्न थालेका छन् । बिहानको समयमा राम्रोसँग आकाश नखुल्दा अधिकांश आन्तरिक उडानहरु प्रभावित भएका थिए ।

विराटनगर, भरतपुर, भोजपुर, दाङ, राजविराज, सुर्खेत, धनगढी लगायतका क्षेत्रमा उडान सुरु भएको छ । यी क्षेत्रमा तोकिएको समयमा भन्दा ढिलो गरी उडान भएको हो ।

तर, पोखरा, लुक्ला र सुर्खेतमा भने अझै उडान सुरु हुन सकेको छैन । हुस्सु र तुवाँलोका कारण यी क्षेत्रका हवाई उडान प्रभावित भएका हुन् ।

माैसमविद्का अनुसार आन्तरिक उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी ३ हजार मिटरभन्दा बढी हुनुपर्छ । आज बिहान ६ बजेतिर भिजिबिलिटी १५ सय मिटरमात्रै थियो ।

प्रतिक्रिया