देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसको नयाँ नेतृत्व


काठमाडौं – नेपाली कांग्रेस डडेल्धुरामा नयाँ नेतृत्व चयन भएको छ। सोमबार भएको कांग्रेस डडेल्धुराको सातौं जिल्ला अधिबेशनबाट ७३४ मत ल्याएर भीमबहादुर साउद सभापतिमा निर्वाचित भएका हुन्।

डडेल्धुरा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो। साउदले सभापतिका अर्का प्रत्यासी चूडामणि ठकुराठीलाई ६५८ मतले पराजित गरेका हुन्।

परशुराम नगरपालिकाका मेयरसमेत रहेका साउदको पुरै प्यानल नै विजयी भएको छ। यस्तै सचिवमा हेमराज चटौत र शेरबहादुर भण्डारी विजयी भएका छन्।

उपसभापतिमा लक्ष्मीप्रशाद अवस्थी र डिल्लीराज जोशी, सहसचिवमा प्रेमराज महर र गोविन्दराज बोहरा निर्विरोध निर्वाचित भइसकेका छन्।

यस्तै सर्वसम्मत चयन हुनेमा खुला सदस्यमा अमरगढी नगरपालिकाबाट दुर्लभसिंह झुकाल, हरिप्रसाद अवस्थी र विस्नादेवी गैराल रहेका छन्। परशुराम नगरपालिकाबाट अर्जुनसिंह साउद, दलबहादुर साउद र बसन्ती देवी पाण्डेय छन्।

निवर्तमान सभापति कर्ण मल्ल समूहले भने क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै अधिवेशन प्रक्रिया बहिस्कार गरेको थियो। सोमबार मल्ल पक्षले अधिवेशन रोक्न केन्द्रीय निर्वाचन समितिमा उजुरीसमेत दिएको छ।

प्रतिक्रिया