कांग्रेस अधिवेशनः दाङमा ३ सभापति पदमा ७ जनाको उम्मेदवारी


काठमाडौं – नेपाली कांग्रेसको मंगलबार अर्थात आज हुन गइरहेको संघीय महाधिवेशनमा दाङका तीन निर्वाचन क्षेत्रमा सात जनाको उम्मेदवारी परेको छ। तीन संघीय सभापति पदमा सात जनाबीच प्रतिपर्धा हुन लागेको हो।

दाङको निर्वाचन क्षेत्र नं. ३ मा तीन जनाको उम्मेदवारी परेको छ। यस क्षेत्रमा सबैभन्दा बढी उम्मेदवारी परेको हो। जहाँ संस्थापन प्यानलबाट सुरेन्द्रबहादुर खड्का, संस्थापन इतरबाट हालका संघीय सभापति जगतबहादुर खड्का र एकल रूपमा नेता किरण शाह छन्।

त्यस्तै निर्वाचन क्षेत्र नं. २ मा सभापति पदमा संस्थापन पक्षबाट भिमप्रकाश खड्का र संस्थापन इतरबाट चित्रबहादुर डाँगी (निर्मल)ले उम्मेदवारी दिएका हुन्।

दाङ निर्वाचन क्षेत्र नं. १ मा संस्थापन इतर भेषराज पाण्डे र संस्थापन मानिने सर्वजित डिसीको उम्मेदवारी परेको छ। पाण्डेलाई सस्थापन समूहकै जानकिलाल बस्नेतको पनि समर्थन छ।

क्षेत्र नं. ३ मा किरण शाह बाहेक अरू सबैले प्यानल खडा गरी निर्वाचनमा होमिएका छन्। नेतृत्व चुन्न मंगलबार निर्वाचनको मिति तोकिएको छ।

प्रतिक्रिया