एमाले अध्यक्षमा उम्मेदवारी दिने भीम रावलको घोषणा


काठमाडौं – एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको आसन्न १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध प्रतिस्पर्धा गर्ने भएका छन् ।

आइतबार पत्रकार सम्मेलन गरी रावलले महाधिवेशनमा आफुले पनि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । ओलीले यसअघि नै अध्यक्षमा एक कार्यकाल दोहोरिन चाहेको बताएका थिए ।

दुई साताअघि गृह जिल्ला आछाममा आयोजित एक कार्यक्रममा उपाध्यक्ष रावलले अध्यक्षमा प्रतिस्पर्धा गर्ने संकेत गरेका थिए ।

महाधिवेशनलाई आन्तरिक एकता र समझदारीको थलो बनाउनुपर्ने भएपनि लागू नहुँदा सम्झदारीमै व्यवधान हुनसक्ने आशंका कायमै रहेको उनले बताए ।

त्यस्तै रावलले थापाथलीस्थित पार्टी कार्यालयबाटै उम्मेदवारी घोषणा गर्न चाहेको ठाउँ नपाएको गुनासो गरे । पार्टी महासचिवले महाधिवेशनका कारण कुनै पनि कक्ष खाली नभएको जानकारी पाएपछि बाहिर पत्रकार सम्मेलन गर्नु परेको उनले बताए ।

 

प्रतिक्रिया