पूर्वराज्यमन्त्री यादवले गरे एमालेबाट राजीनामाकाे घोषणा


रुपन्देही – रुपन्देहीका एक एमाले नेताले पार्टीबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

पूर्व कृषि राज्यमन्त्री समेत रहेका एमाले नेता ओमप्रकाश यादव (गुल्जारी)ले शनिबार पार्टीको सम्पूर्ण पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

उनले पार्टीको साधारण सदस्यमा भने रहने बताएका छन् । नेता यादवले महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचनमा भएका गतिविधिबारे असन्तुष्टि जनाएका छन् ।

नले प्रतिनिधि छनोटका क्रममा भएका गतिविधिको छानबिन र समीक्षा गर्न समेत नेतृत्वसमक्ष आग्रह गरेका छन् ।

प्रतिक्रिया