धनुषामा एमाले विवाद: पार्टी नेता महासेठविरुद्ध कार्यकर्ताको प्रदर्शन


जनकपुरधाम  – धनुषामा एमाले पार्टीका नेता रघुवीर महासेठले मनोमानी गरेको भन्दै प्रदेश सांसद समेत रहेका किशोरी साह ‘कमल’ सहितका नेताले शनिबार जनकपुरधाममा प्रदर्शन गरेका छन् ।

पार्टीका स्थायी समिति सदस्य समेत रहेका महासेठले महाधिवेसन प्रतिनिधी छनौटमा मनोमानी गरेको भन्दै प्रदेश सांसद साहको नेतृत्वमा प्रदर्शन भएको हो ।

रेल्वे स्टेशनबाट महासेठबिरुद्व निकालिएको बिरोध र्‍याली नगरको विभिन्न भाग परिक्रमा गर्दै एमाले पार्टी कार्यालयमा गएर टुँगिएको थियो । प्रदर्शनका क्रममा एमालेका नेतारकार्यकर्ताले महासेठबिरुद्व नाराबाजी समेत गरेका छन् ।

एमालेको प्रदेशका प्रमुख सचेतक समेत रहेका साहले महासेठले पार्टीमा तानाशाह बनेर महाधिवेसन प्रतिनिधी छनौट गरेको बताए ।

प्रतिक्रिया