काँग्रेस निर्वाचन मत परिणाम : को कहाँ भए निर्वाचित ?


मङ्गलबारे ( नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत इलाममा भएको अधिवेशनमा प्रदेशसभा २ (क) को सभापति पदमा गोपाल चौहान निर्वाचित भएका छन् ।

उनी २२९ मतसहित विजयी बनेका हुन् । आज बिहान सम्पन्न मत परिणामअनुसार उनका निकटतम प्रतिस्पर्धी राजेन्द्र बाँस्तोलाले १६० प्राप्त गरेका छन् ।

त्यस्तै उपसभापति पदमा विष्णु सुब्बा र मनकुमार गुरुङ विजयी बनेका छन् । उनीहरुले क्रमशः २४४ र २३५ मत प्राप्त गरेका छन् । त्यस्तै सचिवमा श्री विष्ट र दीपेश खत्री विजयी भएका छन् । उनीहरुले क्रमशः २६७ र २२४ मत प्राप्त गरेका छन् । सहसचिव पदमा राजेन्द्र पौडेल (रिकी) र सूर्यबहादुर कार्की जिजयी भएका छन् । उनीहरुले क्रमशः २७० र २५६ मत प्राप्त गरेका छ्न् । जिल्लाका अन्य स्थानको समेत मत परिणाम आइसकेको छैन । अन्य स्थानको भने मत गणना भइरहेको छ ।

म्याग्दीः नेपाली काँग्रेस म्याग्दीका उपसभापति लगायत पदाधिकारी मतदानबाट चुनिएका छन् । जिल्ला सदरमुकाम बेनीमा भएको सातौँ जिल्ला अधिवेशनमा जिल्ला सभापतिमा खमबहादुर गर्बुजा (खम्बिर) निर्विरोध भए पनि उपसभापति, सचिव, सहसचिव, सदस्य र महाधिवेशन प्रतिनिधिका लागि बिहीबार मतदान भएको थियो ।

शनिबार बिहानसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार उपसभापतिमा हरिकुमार श्रेष्ठ र कर्णबहादुर भण्डारी ९केबी०, सचिमा हीराबहादुर पुन र भरत रकाल, सहसचिवमा श्रीराम पौडेल र धु्रुवराज कार्की निर्वाचित भएको निर्बाचन अधिकृत निरञ्जन राजभण्डारीले बताए ।

४५ वटा वडाको अधिवेशनबाट चयन भएका ७३५ जना प्रतिनिधिमध्ये ७१२ जनाले मतदान गरेका थिए । उपसभापतिमा विजयी बेनी नगरपालिकाका प्रमुखसमेत रहेका श्रेष्ठले ३५४ र भण्डारीले ३७९ मत प्राप्त गरेका छन् ।

सचिवमा निर्वाचित पुनले ३६९ र रकालले ३५७ मत प्राप्त प्राप्त गरे । सहसचिवमा निर्वाचित कार्कीले ४०५ र पौडेलले ३८७ मत ल्याउँदा अर्का प्रत्यासी कमल उपाध्यायले २३१ मत पाए । सदस्य र महाधिवेशन प्रतिनिधिको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छैन । खम्बिर गर्बुजा लगातार दोस्रो कार्यकालका लागि काँग्रेसको जिल्ला सभापति निर्विरोध निर्वाचित र्भएका छन् । बेलायती गोर्खा सैनिकका सेवानिवृत्त गर्बुजा विसं २०७० र २०७४ को संसदीय निर्वाचनमा नेपाली काँग्रेसबाट उम्मेदवार बनेर पराजित भएका थिए ।

दमौलीः नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत तनहुँका दुई प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन भएको छ । एउटामा मतदानमार्फत र अर्कोमा निर्विरोध नेतृत्व चयन भएको हो ।

तनहुँ क्षेत्र नम्बर १ ९क० को सभापतिमा विश्वेश्वर खनाल निर्वाचित भएका छन् । शुक्रबार राति सम्पन्न मतगणनाबाट दुई सय ९० मत प्राप्त गर्दै खनाल सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी शेष मोहम्मद हनिफ ९गोरा मियाँ० ले दुई सय १६ मत प्राप्त गरेका छन् ।

यसैगरी उपसभापतिमा बलबहादुर पोखरेल, राजु खड्का, सचिवमा ईश्वरप्रसाद पौडेल र हरिप्रसाद ढकाल, सहसचिवमा माधव न्यौपाने र मीनबहादुर गुरुङ निर्वाचित भएका छन् । प्रदेश प्रतिनिधिमा भने मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी क्षेत्र नम्बर २ प्रदेश ९ख० को सभापतिमा इन्द्रबहादुर आले निर्विरोध निर्वाचित भएका छन । दुई उपसभापतिमा इमानसिंह थापा र आनन्ददेव श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन्। सचिवमा सुशीलकुमार श्रेष्ठ र अशोक गिरी, सहसचिवमा चुननारायण श्रेष्ठ र माधव लम्साल निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी प्रदेश अधिवेशन प्रतिनिधिमा विष्णुवीर थापा, नारायणप्रसाद भट्टराई, ध्रुवकुमार श्रेष्ठ, सीता कुमाल, मदन थापा, मीरा आले थापा, श्रीराम आले, मथुराकृष्ण श्रेष्ठ, राजेन्द्र अर्याल, भविसरा आले, विजयराज सुवेदी, पदमबहादुर थापा, तिलिसिरा थापा, रोमाया थापा, प्रभात आले, कुलबहादुर सुनार र चिनबहादुर आले निर्विरोध निर्वाचित भएका छन् । तनहुँ क्षेत्र नम्बर १(ख)र तनहुँ क्षेत्र नम्बर २ (क) मा भने मतगणना भइरहेको छ ।

रामपुर (पाल्पा) नेपाली काँग्रेस पाल्पा क्षेत्र नं १ प्रदेश ९क० को सभापतिमा रामबहादुर राना निर्विरोध चयन भएका छन् । काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत शुक्रबार रामपुरमा भएको प्रदेश निर्वाचन क्षेत्रको अधिवेशनले राना सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् ।

उपसभापतिमा गोविन्दप्रसाद अर्याल(गोपाल) र भीमबहादुर सिंह ठकुरी ९कृष्ण सिंह०, सचिवमा भेषराज पोखरेल र दानबहादुर हिस्की, सहसचिवमा घनश्याम ढुङ्गाना र पिताम्बर राना, खुल्ला सदस्यमा अम्बर गाहा र दोवराज तिवारी, महिला सदस्यमा भगवतीदेवी खनाल निर्विरोध चयन भएका छन् ।

अधिवेशनमार्फत १७ जना प्रदेश प्रतिनिधिसमेत चयन भएका छन् । खुल्लातर्फ उमनाथ अर्याल, किशोर पङ्गेनी, भोजराज भट्टराई, रुद्रप्रसाद अधिकारी, विजय शर्मा अर्याल, शङ्करबहादुर खाँण र श्यामकान्त खनाल निर्वाचित भएको निर्वाचन अधिकृत बालकृष्ण लम्सालले जानकारी दिए ।

त्यस्तै खुल्ला महिलातर्फ कृष्णा शाही ठकुरी, शशीकुमारी जिसी र शारदा आचार्य, खस आर्यमा अरुणकुमार काफ्ले, जनजाति खुल्लामा गगन सिं सोती र छमबहादुर दरैं, जनजाति महिलामा जमुना राना र बालकुमारी थापा, दलिततर्फ कृष्णबहादुर दर्जी, अल्पसङ्ख्यकमा समसुलहक मियाँ निर्विरोध चयन भएका छन् ।

तुलसीपुरः दाङमा काँग्रेसका नौ जना प्रदेश महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार भएको मनोनयन दर्ता पश्चात् नौ जना निर्विरोध निर्वाचित भएका हुन । जसमा निर्वाचन क्षेत्र ३ को (क) बाट चूर्णबहादुर चौधरी निर्विरोध भएका छन् ।

त्यस्तै निर्वाचन क्षेत्र ३ (ख) मा थारुतर्फकै मधु चौधरी, आदिवासी जनजातितर्फबाट निर्वाचन क्षेत्र २(क) मा ध्रुवकुमार पुन, खसआर्यतर्फ मनोज बुढाथोकी र दलिततर्फ केशव नेपाली निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै मुस्लिमतर्फका प्रदेश महाधिवेशन प्रतिनिधिमा सिमु शिद्धिकी निर्विरोध निर्वाचित भएका छन् । उनी क्षेत्र २ (ख) अन्तर्गत रहेका छन् ।

खस आर्यतर्फबाटै निर्वाचन क्षेत्र १ को ९ख०बाट पुरुष तर्फका घनश्याम केसी र महिलातर्फका बीना न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । अन्य पदमा भने निर्वाचन हुनेछ । निर्वाचन शनिबार बिहान ९ बजेदेखि तोकिएको छ ।

प्रतिक्रिया