कर्णालीका मुख्यमन्त्री शाहीले विश्वासको मत लिने
सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री नियुक्त भएको एक महिनापछि मुख्यमन्त्री शाहीले विश्वासको मत लिने भएका हुन् । मुख्यमन्त्री शाहीले विश्वासको प्रयोजनका लागि प्रदेश प्रमुख तिलक परियारले १४ मंसिरमा कर्णाली प्रदेशसभाको बैठकको आह्वान गरेका हुन् ।
प्रदेशसभा सचिवालयले १४ मंसिर दिउँसो १ बजे बैठक बोलाइएकाले उपस्थितिका लागि सबै सदस्यलाई सूचित गरिएको कर्णाली प्रदेशसभा सचिवालयका निमिक्त सचिव तेजप्रकाश जोशीले जानकारी दिए । शाही १६ कात्तिकमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
मुख्यमन्त्री भएको लामो समयसम्म पनि शाहीले मन्त्रीमण्डलको पूर्णता दिन सकेका छैनन् । मुख्यमन्त्री भएको १४औँ दिनमा नेकपा (एकीकृत समाजवादी)का चन्द्रबहादुर शाहीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका थिए ।