३२ अङ्कले घट्यो नेप्से परिसूचक


काठमाडाैं – साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ३२.३९ अङ्कले घटेको छ ।

सो अङ्कको गिरावटपछि परिसूचक २७६९ अङ्कमा कायम भएको छ । कारोबार रकम पनि खुम्चिएको छ । कुल ६ अर्ब २७ करोड रुपैयाँको सेयर किनबेच भयो । यसअघि बुधबार ७ अर्ब ३७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

सबै उपसमूह राताम्मे भएका छन् । बैङ्किङ २२, व्यापार ६९, होटल तथा पर्यटन ५१, विकास बैङ्क १११, जलविद्युत ९३, फाइनान्स २७, निर्जीवन बीमा २०४, उत्पादन ७८, अन्य १९, माइक्रो फाइनान्स ९, जीवन बीमा २२७ र लगानी समूह १ अङ्कले घटे ।

कुल १६० कम्पनीको सेयर मूल्य घटेको छ भने २२ कम्पनीको बढ्यो । ५ कम्पनीको मूल्य स्थिर रह्यो । दुई कम्पनी मानुषी लघुवित्त र तेह्रथुम पावरको मूल्य १० प्रतिशतले बढेको छ ।

नारायणी डेभलपमेन्ट र फर्स्ट माइक्रोफाइनान्सको मूल्य साढे ६ प्रतिशतले बढ्यो । मैलुङखोला जलविद्युतको मूल्य सबैभन्दा धेरै ५ प्रतिशतले घट्यो ।

प्रतिक्रिया