

प्रधानन्यायाधी जबराले तोके बिहीबारका लागि २५९ मुद्दाको पेसी

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतमा आज (बिहीबार) का लागि ९ वटा इजलासमा २५९ मुद्दाको पेसी तोकेका छन् । आज विभिन्न मुद्दाका लागि इजलास तोकिए पनि प्रधानन्यायाधीशजबराले आफूलाई कुनै पनि इजलासमा राखेका छैनन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आजका लागि एउटा पूर्ण, एउटा एकल, र सात संयुक्त इजलास तोकेका हुन् ।
न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा सुनुवाइ नगर्ने घोषणा गरेका छन् । प्रधानन्यायाधीश जबराले बिहीबार नै ‘ फुलकोर्ट’ राख्ने तयारीसमेत गरेका छन् । सर्वोच्चका अन्य न्यायाधीशले फुलकोर्ट राखेर नियमावली संशोधन गरी गोलाप्रथाबाट पेसी तोक्ने प्रक्रियाका लागि दबाब दिँदै आएका थिए ।
सर्वोच्च अदालतमा प्रधानन्यायाधीशलाई अन्य न्यायाधीशहरु र बार एशोसिएसनले केही सातादेखि राजीनामाका लागि दिँदै आएका छन् । आज पनि सर्वोच्च परिसरमा कानुनव्यावसायीहरुले प्रधानन्यायाधीशविरुद्ध विरोध र धर्ना दिइरहेका छन् ।

