कांग्रेसले तोक्यो महाधिवेशनका लागि उम्मेदवारी शुल्क, प्रदेश सभापतिका लागि १५ हजार


काठमाडौं – नेपाली कांग्रेसले उम्मेदवारी दर्ता शुल्क तोकेको छ। कांग्रेसले १४औं महाधिवेशनका लागि विभिन्न तह र पदको उम्मेदवारी शुल्क तोकेको हो ।

कांग्रेसले प्रदेश सभापतिका लागि १५ हजार  उम्मेदवारी शुल्क तोकेको छ ।

यस्तै उपसभापति र सचिवका लागि सात हजार शुल्क निर्धारण गरिएको छ । प्रदेश सहसचिवका लागि भने ५ हजार शुल्क तोकिएको कांग्रेसले जनाएको छ ।

पार्टीको अनुसूची २५ अनुसार उम्मेदवारी शुल्क तोकिएको कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया