माओवादी अध्यक्ष दाहाल अस्पतालबाट डिस्चार्ज


काठमाडौं – नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मेडिसिटी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

देशका विभिन्न जिल्लाका कार्यक्रममा सहभागी हुने क्रममा धपेडीले गर्दा रक्तचाप बढेपछि उनी स्वास्थ्य परीक्षणका लागि शनिबार अस्पताल भर्ना भएका थिए।

अध्यक्ष दाहाल डोल्पा, भोजपुरलगायतको कार्यक्रमपछि अस्वस्थ भएका थिए । उनलाई केही दिन घरमै आराम गर्न सुझाव दिएका छन् ।

प्रतिक्रिया