

पछिल्लो २४ घण्टामा थप ३०६ जनामा संक्रमण पुष्टि, ६ को मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ३०६ जनामा कोरोना सङ्क्रमित थपिएका छन् ।
९ हजार ६०६ वटा नमुनाको परीक्षण गर्दा ३०६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ४७७ पुगेको छ ।
त्यस्तै आज ३४८ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार २१५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

