ब्याज निर्धारण विधिसम्बन्धी राष्ट्र बैंकद्वारा नयाँ निर्देशिका जारी (निर्देशिकासहित)


काठमाडौं – पछिल्लो समयमा अर्थतन्त्रमा देखिएको उतारचढाबबीच नेपाल राष्ट्र बैंकले नयाँ निर्देशिका जारी गरेको छ । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रको ब्याजदर निर्धारण विधिसम्बन्धी नयाँ निर्देशन जारी गरेको हो ।

राष्ट्र बैंकको नयाँ निर्देशका अनुसार अब इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा सम्बन्धित वर्गका सबै संस्थाले अघिल्लो महिना प्रकाशन गरेको अधिकतम ब्याजदर (उपबुँदा ५ को प्रतिबन्धात्मक वाक्यांश र उपबुँदा ७ ले तोकेका खाताबाहेक) को औसत तथा न्यूनतम ब्याजदर (कल निक्षेप बाहेक) को औसतमा बढीमा १० प्रतिशतले मात्र परिवर्तन गरी ब्याजदर निर्धारण गर्न सक्नेछन् ।

यसरी ब्याजदर निर्धारण गर्दा कायम हुने अधिकतम र न्यूनतम ब्याजदर बीचको अन्तर उपबुँदा ५ को व्यवस्थाको सीमाभन्दा बढी हुन गएमा अधिकतम वा न्यूनतममध्ये एक दर सोही कायम गरी अन्य दरहरु समायोजन गर्नुपर्ने छ ।

यसअघि वित्तीय संस्थाले जुनसुकै प्रकारको निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा अघिल्लो महिना प्रकाशित ब्याजदरमा बढीमा दश प्रतिशतका दरले मात्र परिवर्तन गर्न सक्ने ब्यबस्था रहे पनि अब आइन्दा सो व्यवस्था खारेज गरेको छ ।

प्रतिक्रिया