एमाले अध्यक्ष ओली आज विराटनगर जाँदै


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (सोमबार) विराटनगर जाँदै छन्।

नेकपा एमाले जिल्ला कमिटी मोरङको आयोजनामा हुने शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रमका लागि अध्यक्ष ओली विराटनगर जाने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

एमाले मोरङ अध्यक्ष ऋषि पोखरेलले कार्यक्रमको तयारी पूरा भएको जानकारी दिए। अध्यक्ष ओली आजै काठमाडौं फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

प्रतिक्रिया