जंगली हात्तीको आक्रमणमा परी चितवनमा युवकको मृत्यु


चितवन – जंगली हात्तीको आक्रमणबाट तिहारको राती पूर्वी चितवनका एक जनाको मृत्यु भएको छ । जंगली हात्तीको आक्रमणबाट पूर्वी चितवनको राप्ती नगरपालिका १ घलान चोकका २८ वर्षीय सागर लामाको मृत्यु भएको हो ।

घर नजिकैको ड्याम साइडमा शनिबार राति ८ बजे अन्य दुई साथीसँगै घुम्न निस्केका उनीहरुलाई जंगली हात्तीले लखेटेको थियो । चितवन प्रहरी प्रवक्ता सूर्यबहादुर थापाले राति देखि सम्पर्कविहिन सागर लामा विहान ८ बजेतिर मृत भेटिएको बताए ।

सागरको शव मकवानपुरको मनहरि गाउँपालिका ६ खयरघारीमा फेला परेको थियो । हात्तीको आक्रमणबाट उनीसँगै गएका कृष्ण लामाको खुट्टामा सामान्य चोट छ । अर्का शक्ति गुरुङ भने सकुशल रहन सफल भएका छन् ।

प्रतिक्रिया