गुडिरहेको मोटरसाइकल पुलबाट खस्दा, चालकको मृत्यु


मोरङ – मोरङको ग्रामथान गाउँपालिका २ झङ्ग्राहीस्थित सुखानी खोलाको पुलबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकलका चालक कटहरी गाउँपालिका ५ का २१ वर्षीय आशिष सरदारकाे मृत्यु भएकाे हाे।

आइतबार बिहान पूर्वतर्फ जाँदै गरेको को १२ प १६७० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलबाट सुखानी खोलामा खसेको प्रहरीले जनाएकाे छ। सरदारको घटनास्थलमानै मृत्यु भएको हो।

प्रतिक्रिया