जनता आऊ राजा ल्याऊ देश बचाऔँः कमल थापा


काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजा आउ देश बचाऊको नारा परिवर्तन गरी जनता आऊ, राजा ल्याउ देश बचाऔं भन्ने नारा स्थापित गर्नुपर्नेमा जोड दिएका छन्।

केही दिनदेखि सडकमा देखिएको राजसंस्था पक्षधरको आन्दोलनमा आफ्नो साथ रहेको उल्लेख गरेका उनले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापना अनिवार्य भएको बताए।

सोमबार पार्टी कार्यालयमा भएको झण्डोत्तोलन तथा चुनाव चिन्ह अनावरण समारोहमा थापाले यसो भनेका हुन्।

सो क्रममा उनीलगायत अध्यक्षहरू पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले सरकारको आलोचना गरेका थिए।

अध्यक्ष पशुपति शमशेर राणालेसरकारले सिन्को पनि नभाँचेको आरोप लगाए भने लोहनीले राष्ट्रपति विद्यादेवी भण्डारी एउटा पार्टीको समूहको जस्तो मात्र देखिएको आरोप लगाएका छन् । उक्त तर्कमा जोड्दै उनले संवैधानिक राजतन्त्रको खाँचो रहेको बताए।

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पार्टीले जे निर्णय गर्छ त्यसमा आफ्नो सहमति हुने बताए ।

प्रतिक्रिया