
कांग्रेसलाई अब भूगोलमा खोज्ने होइन, गुगलमा पढ्ने हो: महेश बस्नेत
भक्तपुर – नेपाली कांग्रेसका नेता गगन थापाले अब हुने चुनावमा एमालेलाई कुचो लगाएर बढार्ने भनेर दिएको अभिव्यक्तिको नेकपा (एमाले) नेता महेश बस्नेतले कडा प्रतिवाद गरेका छन् ।
एमाले नेता बस्नेतले सामाजिक सञ्जालमार्फत् कांग्रेस नेता थापाको अभिव्यक्तिको प्रतिवाद गरेका हुन् । बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रमममा नेता थापाले अब हुने चुनावमा एमालेलाई कुचो लगाएर बढार्ने दाबी गरेका थिए ।
‘कांग्रेस कुनै बेला भक्तपुरको इतिहासमा थियो । भक्तपुर कांग्रेसलाई गुगलमा पढ्ने हो, भूगोलमा खोज्ने होइन,’ बस्नेतले ट्वीटरमा लेखेका छन्, ‘कांग्रेसले राजनीतिलाई सफा गर्छु र एमालेलाई बढार्छु भन्नु चोरको हातमा भण्डारको चावी दिनु जस्तै हो । नेकपा एमालेलाई बढार्छु भन्ने दिवा सपना नदेखे हुन्छ ।’



कागजपत्र |
