‘अर्ली इलेक्सन’मा जानुको विकल्प छैनः महेश बस्नेत


काठमाडौं – नेकपा एमालेका युवा नेता तथा केन्द्रीय सदस्य महेश बस्नेतले देशलाई निकास दिन ‘अर्लि इलेक्सन’ मा जानुको कुनै विकल्प नरहेको बताएका छन्।

सोमबार प्रेस चौतारी नेपालले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बस्नेतले अहिलेको गठबन्धन सरकारले देशलाई अन्यौलतामा मात्र राख्ने भन्दै विकास र निकासका लागि मध्यावधि निर्वाचनमा जानुपर्ने बताएका हुन्।

‘अबको परिवेशमा हाम्रो निष्कर्ष के हो भने न्यायपालिकामाथि गम्भीर प्रश्न उठेको छ। कार्यपालिका शिथिल छ। कुनै काम गर्न सकिरहेको छैन। व्यवस्थापिका सदनले पनि कुनै खालको कानुन बनाउन सकेको छैन अवको अवस्थामा अर्लि इलेक्सनमा जानुको विकल्प छैन’, बस्नेतले भने।

जसरी मोबाइल ह्यांग हुँदा रिस्टार्ड गरिन्छ रिस्टार्ड गर्ने प्रक्रियामा पनि भएन भने सफ्टवेयरमै सफाइ गर्नुपर्छ त्यसैगरी जनताको ताजा जनमत लिनका लागि निर्वाचनमा जानुको विकल्प नरहेको नेता बस्नेतको भनाइ थियो।

त्यसैगरी आउँदो निर्वाचनमा एमालेले स्पष्ट बहुमत ल्याउने नेता बस्नेतको दाबी छ। उनले आगामी निर्वाचनमा गठबन्धन बनाएपनि हार्ने भन्दै सिंगल सिंगल निर्वाचनमा आउन कांग्रेसलाई चुनौती दिए।

प्रतिक्रिया