राप्रपा काभ्रे अध्यक्षमा पुनः टुल्कु लामा


काठमाडौं  – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को काभ्रे जिल्ला अध्यक्षमा टिल्कु लामा चयन भएका छन्। पार्टीको काभ्रेस्थित बनेपामा भएको अधिबेशनले लामालाई पुनः दोस्रो कार्यकालको लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।

राप्रपा काभ्रे जिल्ला उपाध्यक्षमा गणेशलाल श्रेष्ठ,श्रीदास लामा, गङ्गामाया लामा, सचिवमा धनजित लामा र कोषाध्यक्षमा किरन श्रेष्ठ चयन भएका छन्। २९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको र पार्टीको गतिविधिलाई तिब्रता दिइने अध्यक्ष लामाले बताए।

अधिवेशनको उद्घाटन राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले गरेका थिए। उनले वर्तमान सरकारले सुर लिन नसकेको आरोप लगाउँदै गठन भएको ४ महिना अवधीमा जनताका समस्या समाधान गर्ने र मुलुकलाई दिशा दिने काम हुन नसकेको तर्क गरे।

कार्यक्रममा राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङ, केन्द्रीय सदस्य उदयसिं मुस्याजु, जिल्ला अध्यक्ष टुल्कु लामा, सचिव धनजीत लामालगायतले राष्ट्रवादी शक्ति एक हुनुपर्ने बताए।

प्रतिक्रिया