

गृहमन्त्री खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौं – ५ दिने बेलायत भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाणलाई दिएका छन्।
जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६औँ सम्मेलन (कोप–२६) मा सहभागी हुन बेलायत जाँदै गरेका प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा कात्तिक १८ गते स्वदेश फर्कने कार्यक्रम छ। प्रधानमन्त्री विदेश जाँदा उपप्रधानमन्त्री वा सिनियर मन्त्रीलाई कार्यवाहक प्रधानमन्त्री दिने चलन छ। उपप्रधानमन्त्री नभएको अहिलेको परिवेशमा प्रधानमन्त्री देउवाले बरियताक्रममा देउवापछि रहेका खाँणलाई कार्यभार प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो ।
गृहमन्त्री खाणको सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खाणलाई दिएका छन् र त्यसबारे जानकारीको पत्र राष्ट्रपति कार्यालयमा पठाइसकिएको छ।

