नेकपा स्थायी समिति बैठक सुरु, प्रधानमन्त्री ओली गएनन्


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक पार्टी मुख्यालय धुम्बाराहीमा सुरु भएको छ।

कडा सुरक्षाकाबीच भएको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित भएका छन्। उक्त बैठकमा सचिवालयमा अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको प्रतिवेदनमाथि छलफल थालिएको छ।

अध्यक्षद्वयको विवाद र आरोपसहितको राजनीतिक प्रतिवेदनमाथि स्थायी समिति सदस्यले राय राखेपछि त्यसलाई खारेज गर्ने की अर्को साझा प्रस्ताव ल्याउने भन्ने निर्णय गर्नेछन्।

प्रतिक्रिया