चार देशका राजदूतले राष्ट्रपतिसमक्ष बुझाए ओहोदाको प्रमाणपत्र


काठमाडौं – बिभिन्न चार देशका राजदूतहरूले राष्ट्रपति विद्यादेवि भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन्।

ब्राजिलका आवासीय राजदूत तथा इटाली, माल्टा, दक्षिण अफ्रिकाका गैरआवासीय राजदूतले आज शितल निवासमा आयोजित छुट्टाछुट्टै समारोहमा ओहोदाको प्रमाणपत्र बुझाएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया