पोखरामा शनिबारमात्र ३ संक्रमितको मृत्यु


पाेखरा – कास्कीको पोखरामा शनिबार मात्र तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार फिस्टेल अस्पतालमा दुई जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो ।

पोखरास्थित फिस्टेल अस्पतालमा पोखरा महानगरपालिका—१२ का ८० वर्षीय पुरुषको शनिबार मध्याह्न १२ः१५ बजे र सोही महानगरपालिका—११ की ७२ वर्षीया महिलाको पनि सोही अस्पतालमै मृत्यु भएको डा. शर्माले बताए । ८० वर्षीय पुरुषमा मंसिर १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने ७२ वर्षीय महिलामा मंसिर १८ गते संक्रमण पुष्टि भएको थियो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखरा महानगरपालिका—१७ का ५७ वर्षीय पुरुषको शनिबार बिहान ४ बजे मृत्यु भएको डा. शर्माले बताए ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६६ पुगेको छ ।

प्रतिक्रिया