दुवै अध्यक्षको प्रस्ताव स्थायी समिति लगिने, नेकपा सचिवालय बैठक आइतबार १ बजे धुम्बाराहीमा


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयमा प्रस्तुत भएका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन स्थायी समितिमा लगिने भएको छ।

पूरै विषय टुंगो नलागेपछि औपचारिक निर्णयका लागि आइतबार दिउँसो १ बजे धुम्बाराहीमा सचिवालय बैठक फेरि डाकिएको छ।

शनिबार बालुवाटारमा सचिवालय बैठक बसेको थियो। प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘पार्टीको संकट निवारणका लागि अहिलेसम्म प्रस्तुत भएका विषयवस्तु र एजेन्डा स्थायी कमिटीमा पेश गरेर छलफल हुन्छ’ बताए। 

उनले पार्टीको समस्याका विषयमा शनिबार छलफल भए पनि निष्कर्ष निस्किन सम्भव नभएको बताए। उनले दुई अध्यक्षबीचको छलफल जारी रहने बताए।

प्रतिक्रिया