

एक पुरुषले नारायणी पुलबाट हाम फाले, खोजीकार्य जारी

काठमाडौं – चितवनको नारायणी नदीको पुलबाट हाम फालेका एक पुरुष बेपत्ता भएका छन्। नवलपुरको गैंडाकोटबाट नारयणगढतर्फ आउँदै गरेका अन्दाजी ५५ बर्षीय पुरुषले हाम फालेका हुन्।
ती पुरुष पुलको बीच भागबाट हामफालेर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ। वडा प्रहरी कार्यालय नारायणगढका अनुसार हामफालेका पुरुषको खोजी भैरहे पनि अहिलेसम्म फेला परेका छैनन्।
उनले पुलमाथि टोपी, गञ्जी र २ हजार तीनसय नगद छाडेको तर अन्य परिचय खुल्ने कुनै प्रमाण फेला नपरेको प्रहरीले जनाएको छ। उद्धारकार्य जारी भएपनि फेला परेका छैनन्।

