

नेकपा सचिवालय बैठक जारी, प्रधानमन्त्री ओली पनि सहभागी

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ।
आजको बैठकमा प्रधानमन्त्री ओली पनि सहभागी छन्। बैठकअघि ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग वान टु वान वार्ता गरेका थिए।
बैठकमा प्रचण्ड र ओलीले पेस गरेका राजनीतिक प्रतिवेदन छन्।

