साफमा उपविजेता बनेको नेपाली टोली काठमाडौं आइपुग्यो, खेलकुदमन्त्रीले गरे स्वागत


काठमाडौं – साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली टोली काठमाडौं आइपुगेका छन्। नेपाली राष्ट्रिय खेलाडी र अफिसियलहरुको टोली आज बिहान साढे १० बजे काठमाडौंमा अवतरण गरेको हो।

नेपाली फुटबल टोलीलाई विमानस्थलमा बाजागाजासहित स्वागत गरिएको थियो। उनीहरूको स्वागतको लागि खेलकुद मन्त्री महेश्‍वर जंग गहतराज पनि विमानस्थल पुगेका थिए।

मालदिभ्सको राजधानी मालेमा शनिबार बेलुका भएको फाइनल खेलमा भारतसँग ३–० पराजित भएपछि नेपाल उपविजेतामा सीमित बनेको थियो। साफको इतिहासमा नेपाल पहिलोपटक फाइनलमा पुगेको थियो।

नेपाललाई फाइनलसम्म पुर्याउन सफल मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भने नेपाल फर्किने कि नफर्किने भन्ने विषयमा पछि निर्णय लिने बताएका छन्। नेपालले फाइनलमा स्थान बनाएलगत्तै अलमुताइरीले साफ च्याम्पियनसिप सकिएपछि नेपाल छाड्ने घोषणा गरेका थिए।

प्रतिक्रिया