इन्डोनेशियामा भूकम्प: ३ जनाको मृत्यु, ७ जना घाइते


एजेन्सी – इन्डोनेशियामा पटक पटक गरी आएको भुकम्पमा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

भुकम्प पछी आएको पहिरोका कारण उनीहरुको मृत्यु भएको बताईएको छ । बाली दीप केन्द्रबिन्दु भई ४ दशमलव ८ म्याग्नेच्युटको भुकम्प गएको केही बेरमै ४ दशमलव ३ म्याग्नेच्युटको अर्को भुकम्प गएको अमेरिकी भुगर्भीय सर्वेक्षणले जनाएको छ ।

भुकम्पका कारण दर्जनौ घरहरु भत्कनुका साथै कयौं सवारीसाधनमा क्षति पुगेको छ । रातको समयमा आएको भुकम्पका बीच सर्वसाधारणमा भागदौड मच्चिएको थियो ।

यसअघि गत जनवरीमा ६ दशमलव २ रेक्टर स्केलको भुकम्प जाँदा १ सय ५ जनाको मृत्यु भएको थियो । जसमा ६५ सय जना घाइते भएका थिए ।

 

प्रतिक्रिया