प्रधानमन्त्री देउवाले पत्नी आरजुको हातबाट ग्रहण गरे टीका


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले दसैँको टीका ग्रहण गरेका छन्। पञ्चाङ्ग निर्णायक समितिले तय गरेको शुभ साइतमै देउवाले टीका ग्रहण गरेका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा परिवारसँगै दसैंको टिका ग्रहण गरेका देउवाले परिवारका सदस्यहरुलाई समेत टीका लगादिएका छन्। प्रधानमन्त्री देउवाले पत्नी आरजु राणा देउवा, छोरा जयवीर तथा भतिजहरु भानु र प्रकाशलाई टीका लगाइदिएका थिए।

प्रधानमन्त्री देउवाले भने पत्नी आरजुकै हातबाट टीका ग्रहण गरेका छन्।

श्रीमती आरजु, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव तथा भतिजा भानु देउवा, प्रकाश देउवा, छोरा जयविरसिंह देउवाको साथमा प्रधानमन्त्री देउवाले तस्बिर सार्वजनिक गरेका छन्।

यसअघि शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले दसैंमार्फत सबै नेपालीमा आपसी सद्भाव र भाइचारा अभिवृद्धिको कामना गरेका थिए।

विजयादशमीका दिन आज बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ रहेको थियो।

प्रतिक्रिया