मुगु बस दुर्घटनाः टायर पञ्चर भएपछि गाडी खस्यो, चार जना बाहेक मृतक सबैको पहिचान खुल्यो


काठमाडौं– नेपालगञ्जबाट मुगु जाँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको यात्रुबाहक बस दुर्घटनाको मुख्य कारण टायर पञ्चर हुनु रहेको प्रहरीले खुलाएको छ। भे१ख ३१६७ नंको यात्रुवाहक बस दुर्घटनामा ज्यान जाने ३२ जना अधिकांश विद्यार्थी रहेको बताइएको छ।

मंगलबार दिउँसो १ बजे छायाँनाथ रारा नगरपालिका—७ पिना गाउँको तपने खोलामा बस खसेको थियो। उक्त बसमा ४६ जना यात्रु रहेका थिए ।

१८ पुरुष, आठ महिला र दुई नबालकको दुर्घटनामा मृत्यु भएको हो। चार जनाको परिचय खुल्न बाँकी छ।

छायाँनाथ रारा नगरपालिका–७ की १९ वर्षीया लग्ना सेजुवाल, नाम नखुलेको सेजुवालका २ वर्षको छोरा, सोही वडाका अन्दाजी २० वर्षीया मनदेवी बम, १८ वर्षीया पूजा बुढा, सोही नगरपालिका—८ का ३३ वर्षीया प्यारी बिक, सोही वडाका २२ वर्षीया सन्तोष बिटालु, सो नगरपालिका–१२ का २२ वर्षीया छोरा सावत, अन्दाजी ३५ वर्षीय बस चालक दानबहादुर रावलको ज्यान गएको हो।

यसैगरी सोही नगरपालिका—१० की २० वर्षीया सरिता खड्का, १४ का २२ वर्षीय कर्णसिंह बुढा, १ की २३ वर्षीया चन्द्रादेवी मल्ल, ६ की रामामाया भाम, १८ वर्षीय उम्मर सावद र वडा नं ११ का २२ वर्षीय प्रकाश बुढाको पनि मृत्यु भयो।

सोही नगरपालिका– ५ का २९ वर्षीय अजय कार्की, सोही वडाकी ३२ वर्षीया कमला बिसी, १० का २२ वर्षीय सुनबहादुर विक, १४ का शिव बुढा, ७ का २१ वर्षीया अमृता शाही राना र उनका अन्दाजी ५ वर्षीय आयुश राना, १४ का २० वर्षीय रुपसिंह कार्की, ७ का २२ वर्षीय महेन्द्र शाही, सोरु गााउँपालिका—३ का मनरुप कुमाई, बाँके जिल्ला राँझाका हाल गमगगढी बसोबास गर्ने २२ वर्षीय प्रदीप स्वर्णकारको ज्यान गएको हो।

छायाँनाथ रारा नगरपालिका–४ का १८ वर्षीय चन्द्रप्रकाश भाम सोही नगरपालिका—७ का उमेर नखुलेका आदित्यविक्रम शाह शिक्षण अस्पातल कोहलपुरमा लगिएका सोरु गाउँपालिका—८ का २३ वर्षीय आइतसिंह कामी र छाँयानाथ रारा नगरपालिका—८ का २८ वर्षीय टोपबहादुर बिष्टको उपचारका क्रममा मृत्यु भएको थियो।

छाँयानाथ रारा नगरपालिका—५ का अन्दाजी ३५ वर्षीय प्रेमबहादुर रावल, सोही नगरपालिका—१ का २१ वर्षीय शुक्रराज मल्ल, ८ का २१ वर्षीय रतनसिंह रावल, ७ का १८ वर्षीय शैलेन्द्र शाही सोही वडाका २१ वर्षीय गणेशबहादुर रावल, १ की ९ वर्षीया सुस्मिता शाही, ८ कि २० वर्षीया सम्झना रावल, ११ की ३१ वर्षीया रेखा सावद, ५ का लक्ष्मीचन्द्रा रावल, १४ कि दन्ता बुढा घाइते भएका छन्। उनीहरुको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । छाँयानाथ रारा नगरपालिका—१३ की ७ वर्षीय सुजता बम, ११ का हर्षबहादुर सावद र जिल्ला अस्पताल मुगुमा छाँयानाथ रारा नगरपालिका—३ की ६ वर्षीया भूमिका बुढाको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनायो।

प्रतिक्रिया