भारतसँग हारको जिम्मेवार खेलाडी होइनन्, म हुँः प्रशिक्षक अलमुताइरी


काठमाडौं– साफ च्याम्पियनसीपमा गएराती भएको खेलमा भारतसँग नेपाल १–०ले पराजित हुनुको जिम्मेवार खेलाडी नभई आफू रहेको प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बताएका छन्।

रक्षात्मक र आक्रामक दुवै रणनीति अपनाएको नेपालले खेलको अन्तिम चरणमा गोल खाएको थियो। अलमुताइरीले नेपालले फिनिसिङमा भाग्य बनाउन नसकिरहेको स्वीकार गरेका छन्। तर, उक्त काम पनि आगामी खेलमा हुने अलमुताइरीको भनाई छ।

उनी भन्छन्,‘अब हामी अर्को खेलको तयारीमा छौं, त्यसको अभ्यास गर्नेछौं र फाइनलमा स्थान सुरक्षित पार्नेछौं। हामीले नराम्रो खेलेका छैनौं।’

नेपालले आगामी खेल बंगलादेशसँग बुधबार दिउँसो खेल्नेछ। नेपाली समयअनुसार ४ः४५ मा हुने खेलमा नेपालले जीत या बराबरी गरे फाइनल यात्रा तय हुनेछ।

प्रतिक्रिया