प्रधानन्यायाधीश राणाका जेठान हमाल देउवा सरकारका आपूर्तिमन्त्री नियुक्त


काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका जेठान गजेन्द्र हमाललाई मन्त्री नियुक्त गरेकी छन्।

शुक्रबार दुई राज्यमन्त्रीसहित १८ मन्त्री नियुक्त गर्दा हमाललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त गरिएको हो।

सांसद नरहेका हमाललाई राणाको कोटामा मन्त्री बनाइएको हो। हमाल राणाको कोटामा मन्त्री बन्ने चर्चा यसअघि नै चलेको थियो।

प्रतिक्रिया