जसपाले पनि टुंग्यायो मन्त्रीहरुको नाम (नामावलीसहित)


काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) बाट मन्त्री बन्नेहरुको टुंगो लागेको छ। जसपाका शीर्ष नेताहरुको शुक्रबार बिहान बसेको बैठकले मन्त्रीहरुको नाम टुंगो लगाएको हो।

जसपाबाट राजेन्द्र श्रेष्ठले नेतृत्व गर्ने गरी शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने भएको छ। निर्णयअनुसार जसपा पार्टीबाट रेणु यादव, रामसहाय यादव र प्रमोद साह मन्त्री बन्ने निश्चित भएको हो।

जसपाले भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपक्षी, संघीय मामिला तथा सामान्य प्रशासन र वन तथा वातावरण मन्त्रालय लिएर सरकारमा सहभागी हुने भएको हो।

सरकार गठन भएको ८९ औं दिनपछि देउवाले आज मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका हुन्। यसअघि नै नेकपा माओवादी केन्द्र नेकपा एकीकृत समाजवादीले पनि मन्त्री बन्नेहरुको नाम टुंगो लगाइसकेका छन्।

प्रतिक्रिया