स्वास्थ्य मन्त्रालय एकीकृत समाजवादीलाई, कानुन कांग्रेसले लियो


काठमाडौं– सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले कानुन मन्त्रालय आफ्नै भागमा फिर्ता लिएर स्वास्थ्य मन्त्रालय नेकपा एकीकृत समाजवादीलाई दिएको छ।

सत्ता गठबन्धनमा रहेका कांग्रेससहित नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीको विहीबारको बैठकमा दुई मुख्यमन्त्री पनि पाउने भएपछि अध्यक्ष माधवकुमार नेपालले भागमा परेको एउटा राज्यमन्त्री कांग्रेसलाई नै जिम्मा लगाएका छन्।

अब एकीकृत समाजवादीसँग चार मन्त्रालय हुनेछन्। स्वास्थ्यसहित श्रम तथा रोजगार, पर्यटन र सहरी विकास मन्त्रालय एकीकृत समाजवादीको भागमा परेका छन्।

प्रतिक्रिया