मन्त्रिमण्डल बिस्तारको दिन सर्दै, आज पनि जुटेन सहमति


काठमाडौं – मन्त्रिपरिषद्ले शुक्रबार मात्रै पूर्णता पाउने भएको छ ।

मन्त्रिपरिषदलाई पूर्णता दिने उद्देश्यसहित बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटे पनि कुनै सहमति भने हुन सकेन । छलफलका क्रममा सत्तारुढ दलहरूबीच आन्तरिक तयारी नपुगेको भन्दै शुक्रबार पुनः बैठक बसी मन्त्रिमण्डललाई पूर्णता दिने सहमति भएको हो ।

बिहीबार सत्ता गठबन्धनका शीर्ष नेताहरुको निर्णायक छलफलमा मन्त्रिमण्डललाई शुक्रबार पूर्णता दिने विषयमा सहमति भएको बालुवाटार स्रोतले जनाएको छ ।

सत्ता गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन् ।

राष्ट्रिय जनमोर्चाले सरकार बाहिरै बसेर गठबन्धनलाई सघाउने बताइसकेको छ ।

प्रतिक्रिया