मन्त्रालयको भागवण्डा मिलाउन सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बस्दै


काठमाडौं – मन्त्रिपरिषद् विस्तार अघि प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बस्दैछ ।

गठबन्धन सरकारमा मन्त्रीको भागवण्डाअनुसार दलहरुले पाउने मन्त्रालयलाई अन्तिम रुप दिन बैठक बस्न लागेको हो ।

वर्तमान मन्त्रिपरिषदमा नेपाली कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी ९जसपा०ले समान ४र४ मन्त्रालय लिने सहमति भएको थियो । कांग्रेस, माओवादी र एकीकृत समाजवादीले एकरएक राज्यमन्त्री पनि पाउनेछ ।

माओवादीले तीन मन्त्री र राज्यमन्त्रीको नाम टुंगो लगाएको छ भने एकीकृत समाजवादीबाट सरकारमा जाने नेताहरुको टुंगो लगाउने जिम्मा अध्यक्ष माधव नेपाललाई दिएको छ ।

प्रतिक्रिया