घरेलु टोली अष्ट्रेलियाविरुद्ध भारतको जित


क्यानबेरा – भ्रमणकारी टिम भारतले पहिलो टी(ट्वान्टी क्रिकेटमा अष्ट्रेलियालाई पराजित गरेको छ ।

क्यानबेरामा शुक्रबार भएको खेलमा भारतले अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो ।

भारतले दिएको १ सय ६२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५० रन मात्र बनाउन सक्यो ।

अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले सर्वाधिक ३५ रन जोड्दा म्याथ्यु सर्टले ३४ रन बनाए ।

यस्तै मोइसेस हेन्रिक्सले ३० तथा स्टिभ स्मिथले १२ रन बनाए । म्याथ्यु वेडले ७ रन बनाउँदा ग्लेन म्याक्स्वेल २ रनमा आउट भए ।

सिन एब्बट र मिचेल स्विपसन समान १२र१२ रनमा अविजित रहे ।

भारतका युजभेन्द्र चाहल र टी नटराजनले ३र३ विकेट लिए ।

रविन्द्र जडेजा घाइते भएपछि चाहल उनको स्थानमा मैदान प्रवेश गरेका थिए । यस्तै नटराजनको यो टी(ट्वान्टीमा डेब्यु खेल हो ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनायो ।

भारतका लागि केएल राहुलले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४० बलमा ५ चौका र १ छक्का प्रहार गरे ।

यस्तै रविन्द्र जडेजाले अविजित रहदै ४४ रन जोड्दा दिपक चाहर सुन्य रनमा अविजित रहे ।

त्यस्तै सन्जु सामसनले २३ रन तथा हार्दिक पाण्डयले १६ रन बनाए ।

कप्तान विराट कोहली ९ रनमा आउट हुँदा वासिङ्गटन सुन्दरले ७, शिखर धवनले १ र मनिस पाण्डेले २ रन बनाए ।

अष्ट्रेलियाका मोइसेस हेन्रिक्सले ३ विकेट लिए । मिचेल स्टार्कले २ तथा एडम जाम्पा र मिचेल स्विपसनले १र१ विकेट लिए ।

जितसँगै भारतले ३ खेलको सिरिजमा १(० को अग्रता बनाएको छ । दुई टिमबीचको दोस्रो खेलमा आइतबार हुनेछ ।

यस अघि भारतले एकदिवसीय सिरिज २(१ ले गुमाएको थियो ।

प्रतिक्रिया