प्रधानमन्त्री देउवाले प्रतिबद्धताविपरित बालुवाटारमा राखे पार्टीको बैठक, मन्त्री छान्ने


काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिबद्धताविपरित सरकारी निवास बालुवाटारमा बुधबार नेपाली कांग्रेसको बैठक राखेका छन्।

मन्त्री छान्ने प्रयोजनका निम्ति पदाधिकारीको बैठक बालुवाटारमा राखिएको हो। यसअघि पार्टीका कुनै पनि बैठक नराख्ने उनले प्रतिबद्धता गरेका थिए भने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति नै जारी गरेका थिए।

सरकार गठन भएको तीन महिनासम्म पनि मन्त्रिपरिषद विस्तार गर्न नसकेका देउवाले मन्त्रीका नाम तय गर्नका लागि पदाधिकारी बोलाइएको बालुवाटार स्रोतले जनायो।

बालुवाटारमा पार्टीको बैठक राखेकोमा आलोचना भएपछि उनले ति बैठक निजी निवास बुढानिलकण्ठमा राख्दै आएका थिए।

प्रतिक्रिया