

पछिल्लो २४ घण्टामा १०४३ जनामा कोरोना पुष्टि, १२ को मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा १०४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १६५ पीसीआर परीक्षणमा ८४९ जना र ४,३०० एन्टिजेन परीक्षणमा १९४ जना गरी १०४३ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८९१ जना संक्रमणमक्त भएका छन् भने, १२ जनाको मृत्यु भएको छ ।

