रात्रीकालीन व्यवसाय सञ्चालन अध्ययनका लागि १४ सदस्सीय कार्यदल गठन


काठमाडौं – सरकारले रात्रीकालीन व्यवसाय सञ्चालनका लागि १४ सदस्सीय कार्यदल गठन गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा अध्ययन कार्यदल गठन गरिएको हो ।

कार्यदलललाई होटल,रेष्टुँरा रात्रीकालीन मनोरञ्जन एवं पर्यटन व्यवसाय सञ्चालनका लागि अध्ययन तथा सुझावसहितको प्रतिवेदन पेस गर्न एक साताको समय तोकिएको छ ।

कार्यदललाई होटल लगायत मनोरञ्जनात्मक व्यवसायको सूचीकरण र वर्गीकरण गर्ने, सञ्चालनका लागि पालना गर्ने आचारसंहिता र मापदण्ड, कोभिडको असर, मजदुरहरूको हकहितलगायतलाई प्रतिवेदनमा समेट्न भनिएको छ ।

गृह मन्त्रालयले होटल रेष्टुरेन्टहरूले उठाउँदै आएको सेवा शुल्क हटाउने सम्बन्धी पनि प्रतिवेदनमा केही सुझाव पेस गर्न भनेको छ ।

प्रतिक्रिया