कानुनमन्त्रीको जिम्मा शम्भु थापालाई दिन माधव नेपाललाई प्रचण्ड र देउवाको दबाब


काठमाडौं– सत्तागठबन्धनले मन्त्रालय बाँडफाँट गर्दा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीको भागमा परेको कानुन मन्त्रालयमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शम्भु थापालाई पठाउन दबाब दिएका छन्।

प्रतिनिधि सभा पुनःस्थापना गर्नका लागि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध खरो रुपमा उत्रिएका थापालाई मन्त्री बनाउनका लागि नेता नेपाललाई देउवा र प्रचण्डले दबाब दिएका हुन्।

स्रोतका अनुसार उक्त मन्त्रालयमा थापालाई ल्याएको खण्डमा कांग्रेसको कोटामा पनि गैर सांसदलाई मन्त्री बनाउने बाटो खुल्नेछ। तर, ५ मन्त्रालय र १ राज्यमन्त्री मात्र पाएको एकीकृत समाजवादीमा नेता व्यवस्थापनमा समस्या भइरहेका बेला थापालाई मन्त्री दिने पक्षमा नेता नेपाल छैनन्।

प्रधानमन्त्री देउवा र प्रचण्डको उक्त दबाबप्रति नेता नेपाल असन्तुष्ट रहेको स्रोतले जनाएको छ। स्रोतले भन्यो,‘कानुनमन्त्री पनि पार्टीभित्रैबाट बनाउनुपर्ने अवस्था रहेको भन्दै थापाका नाममा अध्यक्ष नेपाल सहमत हुनुहुन्न।’

प्रतिक्रिया