राजसंस्थाको माग गर्दै हेटौंडामा प्रदर्शन


हेटौंडा – मकवानपुरमा राजसंस्था मागसहित प्रदर्शन भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै शुक्रबार हेटौंडामा मोटरसाइकल र्‍याली प्रदर्शन गरेको हो ।

पार्टी कार्यालय सानोपोखराबाट नाराबाजीसहित निस्किएको र्‍यालीले बजार परिक्रमा गरेको थियो। प्रदर्शनका क्रममा राजा र हिन्दुत्वसँगै भ्रष्टाचार, धर्म परिवर्तन र बेरोजगारी लगायतका विषयमा नाराबाजी गरिएको थियो।

बजार परिक्रमापछि सीमा चोकमा आयोजित सभालाई पार्टीका नेताहरूले सम्बोधन गरेका थिए। कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य मधु अधिकारी, युवा नेता राजाराम बर्तौला, केन्द्रीय सदस्य नबराज विष्ट, जिल्ला अध्यक्ष रामहरि न्यौपाने, युवा संगठन अध्यक्ष शुक्र प्रजालगायतले बोलेका थिए।

पछिल्लो समय राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै देशभर प्रदर्शन भइरहेको बेला राप्रपा मकवानपुरले पार्टीको ब्यानर र झन्डामा कार्यक्रम आयोजना गरेको हो।

प्रतिक्रिया